
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई अर्थहीन र जननिर्वाचित सरकारलाई घेराबन्दीमा पारिएपछि सार्वभौम जनतामा जानुको विकल्प नभएकाले निर्वाचन घोषणा गरिएको बताएका छन् ।
सोमवार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार गठन भएको १ वर्ष पूरा नहुँदै सरकारविरुद्ध षड्यन्त्र शुरू भएको आरोप लगाएका हुन् ।
आइतवार सरकारले प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणा गरेको थियो ।