
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा संसद विघटनविरुद्ध परेको रिटमाथि पर्सी पुस ८ गते सुनुवाइ हुने भएको छ ।
संसद विघटनको निर्णय खारेज गर्न माग गर्दै सर्वाेच्च अदालतमा अधिवक्ताहरूले रिट दायर गराएका छन् ।
सर्वाेच्चमा परेका रिटमाथि पर्सी प्रारम्भिक सुनुवाइ हुने अभिवक्ता लोकेन्द्र ओलीले जानकारी दिए । सर्वाेच्चमा हालसम्म १३ वटा रिट परेका र दर्ता प्रक्रिया चलिरहेको छ ।
‘असंवैधानिक रूपमा गरिएको संसद विघटनको निर्णय बदर गरेर संसद पुनःस्थापना हुनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले लोकान्तरसँग भने ।
राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी छन् ।