
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले परम्परागत बौद्ध साहित्य र पवित्र ग्रन्थहरूको पुस्तकालय बनाउने सोमवार घोषणा गरेका छन् ।
पुस्तकालयका लागि उपयुक्त स्रोतसाधन पनि उपलब्ध गराउने उनको कथन छ ।
पुस्तकालयले विभिन्न देशमा बौद्ध साहित्यका डिजिटल कपीहरू संकलन गर्ने जानकारी मोदीले दिए ।
बौद्ध ग्रन्थहरूलाई अनुवाद गर्ने र सबै भिक्षु तथा विद्वानलाई उपलब्ध गराउने पनि उनको भनाइ छ ।
उक्त पुस्तकालय साहित्य राख्ने स्थान मात्र नभई अनुसन्धान र संवादको मञ्च पनि हुने उनले बताए । मानिसहरूबीच, समाजहरूबीच तथा मानिस र प्रकृतिबीचको संवाद हुने उनको भनाइ छ ।
समकालीन चुनौतीहरूका विरुद्ध आधुनिक विश्वलाई बुद्धको सन्देशले कसरी निर्देशन गर्न सक्छ भनेर समेत अनुसन्धान गरिने उनले बताए ।