२१ जेठ २०८३, बिहीबार

सोमबार थपिए ७४२ नयाँ संक्रमित

सोमबार थपिए ७४२ नयाँ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा सात सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका प्रयोगशालामा गरिएको ६ हजार ३ सय ५१ पीसीआर मध्ये सातसय ४२ जनामा कोरोना पुष्टि भएको हो । 

यो संख्यासँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ५४ हजार ५ सय १४ पुगेको छ ।

यस्तै मन्त्रालयले सोमबार एक हजार ७९ जना कोरोनाको संक्रमणबाट मुक्त भएको जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ४४ हजार सातसय ४३ जना पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार सातसय ९५ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्