२० असार २०८३, शनिबार

महामारीका बीचमा पनि ११.२ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह, कति पुग्यो ?

महामारीका बीचमा पनि ११.२ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह, कति पुग्यो ?

कोरोना महामारीका बीचमा पनि नेपालमा विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । 

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो ४ महिनाको वित्तीय प्रतिवेदनका अनुसार, विप्रेषण आप्रवाहमा ११.२ प्रतिशतले बढ्दै ३३७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आई १९२५१ रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद्रा ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु.३७३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २.९ प्रतिशतले घटेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्