३० जेठ २०८३, शनिबार

स्थापनाको ३३ वर्षपछि कलाकार संघको आफ्नै भवन

स्थापनाको ३३ वर्षपछि कलाकार संघको आफ्नै भवन

नेपाल नेपाल चलचित्र कलाकार संघले संस्था खुलेको ३३ वर्षपछि आफ्नै भवन पाउने भएको छ । भवनको हालै शिलान्यास गरिएको छ ।

भवनको केही दिनअघि शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले शिलान्यास गरेका छन् ।

शिलान्यास गर्दै उनले भने, ‘कलाकार संघ ढिलै भए पनि आफ्नै भवनमा सर्न पाएको छ, खुशी लागेको छ ।’

चन्द्रागिरी नगरपालिका–१२ स्थित थानेटारमा कलाकार संघको आफ्नै भवन निर्माण हुन लागेपछि चलचित्रकर्मीले खुशी व्यक्त गरेका छन् । 

अबको ६ महिनाभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । संघले शुरू गरेको भवन निर्माण कोष तथा विभिन्न चलचित्रकर्मीको सहयोगमा जग्गा खरिद गरिएको थियो ।

संघका अध्यक्ष रवीन्द्र खड्काले भवन निर्माणका लागि सरकारबाट ५० लाख रुपैयाँ प्राप्त भएको जानकारी दिए । उनका अनुसार ४ तलाको भवन निर्माण गर्न लागिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्