०४ असार २०८३, बिहीबार

संसद् विघटन अलोकतान्त्रिक भएकाे तीन दलको निष्कर्ष, सामूहिक रुपमा प्रतिकार गर्ने

संसद् विघटन अलोकतान्त्रिक भएकाे तीन दलको निष्कर्ष, सामूहिक रुपमा प्रतिकार गर्ने

प्रमुख तीन दलले प्रधानमन्त्री ओलीले गरेको संसद् विघटन संविधान विरोधी र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेका छन् ।

आज साँझ बसेको संयुक्त बैठकले प्रधानमन्त्रीको यो कदमविरुद्ध सामूहिक विरोध गर्ने बताएका छन् । 

सोमबार बेलुका कांग्रेस मुख्यालय सानेपामा बसेको कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाले संसद् विघटन गर्नु संविधान विरोधी कार्य भएको ठहर गरेका छन् । 

प्रचण्ड–नेपाल समूहले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य निष्कर्ष निकालेको नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

मंगलबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए । बैठकमा तीनै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्