२२ जेठ २०८३, शुक्रबार

कोरोना सङ्क्रमण बढ्दै

कोरोना सङ्क्रमण बढ्दै

विवाहमा हुने भीडभाडका कारण कञ्चनपुरमा कोरोनाको सङ्क्रमण बढाएको छ । विवाह हुने क्रमसँगै भीडभाड भएपछि कोरोना सङ्क्रमण ह्वात्तै बढेको छ । मङ्सिर महिनाको विहेबारीले कोरोनाको सङ्क्रमण बढाएको हो ।

कोरोना सङ्क्रमण रोकथामका लागि भीडभाड नियन्त्रण प्रमुख उपाय ठानिएको भए पनि भीडभाड र तडकभडकका साथ विवाह गर्नेको सङ्ख्यामा वृद्धि हुँदा सङ्क्रमण बढ्दै गएको हो । यातायातका साधनमा समेत स्वास्थ्यका मापदण्ड पूरा नगरिकन नै क्षमताभन्दा बढी यात्रु राख्ने गर्दा पनि कोरोनाको सङ्क्रमण बढाइएको छ । मङ्सिर महिनामा मात्रै कोरोना सङ्क्रमणका १०० बढी सक्रिय बिरामी थपिएका छन् । मङ्सिर अघिसम्म यो सङ्ख्या ३० जनाको हाराहारीमा थियो ।

कोेरोना सङ्क्रमणबाट मर्नेको सङ्ख्या पनि बढेको छ । यस अवधिमा ११ जनाले कोेरोनाबाट ज्यान गुमाएका छन् । मङ्सिरमा विहे र शिक्षण संस्था खुलेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या एकाएक बढेर १८२ पुगेको छ । कोरोना भाइरसका बिरामी बढ्न थालेपछि सञ्चालन भएको एक सातामै विद्यालय भने बन्द गरिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्