
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री रामबहादुर थापा बादल सोमबार साँझ बालुवाटार पुगेका छन् । बादलको सचिवालयका अनुसार सो क्रममा ओली र बादलबीच करिब एक घण्टा कुराकानी छ भने भेटमा ओलीले संसद विघटन गरेपछिको विकसित घटनाक्रमबारे छलफल भएको छ ।
यद्यपी बादल हाल कुनै पनि समूहमा नखुलेको अवस्थामा ओलीसँग केही सहमति भयो या भएन भन्नेबारे खुल्न बाँकी छ ।
आज ओली र प्रचण्ड माधव नेपाल समूहले राखेको दुबै बैठकमा बादल सहभागी भएका थिए । तर पूर्व माओवादी निकटका मन्त्रीहरुले राजीनामा दिँदा उनी र लेखराज भट्टले राजीनामा दिएका थिए । भट्ट भने आज ओलीले राखेको बैठकमा सहभागी भएका थिए ।