०१ असार २०८३, सोमबार

सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्दै साकेला गाउँपालिका

पुस ७, २०७७
सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्दै साकेला गाउँपालिका
प्रतिकात्मक तस्वीर

खोटाङको साकेला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीमार्फत गर्ने भएको छ ।

यसअघि कर्मचारीमार्फत वितरण गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाएपछि त्यसलाई रोक्न गाउँपालिकाले आगामी दिनमा बैंकिङ प्रणालीमार्फत वितरण गर्ने भएको हो ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि सोमवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगर र एसबीआई बैंकका शाखा प्रबन्धक पोषक दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताको आधारमा अब साकेला गाउँपालिकाको सबै सेवाग्राहीले भत्ता लिन बैंक खाता खोल्नुपर्ने भएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता भएको पाएपछि आगामी दिनमा बैंकमार्फत मात्र भत्ता दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झंकार’ले जानकारी दिए । ‘टाढाको सेवाग्राहीका लागि बैंकका प्रतिनिधि पठाएर भुक्तानी शिविर सञ्चालन गर्ने समझदारी गरिएको छ,’ उनले भने, ‘बैंकिङ प्रणालीमार्फत लक्षित वर्गलाई भत्ता वितरण गरेपछि यसअघि हुँदै आएको अनियमितता शुन्यमा झर्ने अपेक्षा गरिएको छ ।’ 

टाढाका सेवाग्राहीलाई भुक्तानी शिविर सञ्चालन गरेर भत्ता वितरण गरिने र सुरक्षा एवं प्रशासनिक काम गाउँपालिकाले व्यवस्था गर्ने समझदारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । गाउँपालिकाले आवश्यक विवरण र बैंकमा रकम जम्मा गरेपछि सोहीअनुसार सामाजिक सुरक्षा भत्ता वितरण हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्