प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय सदस्यहरूको बैठक बालुवाटारमा बसिरहेको छ ।
प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणापछिको अवस्थाबारे छलफल गर्न बैठक बसिरहेको हो ।
बैठकमा अध्यक्ष ओलीले हालका ४४६ केन्द्रीय सदस्यको संख्या बढाएर १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउन प्रस्ताव गरेका छन् ।
बैठकमा पूर्व माओवादी खेमाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले स्वागत मन्तव्य राखेका थिए । रायमाझीले देशको संकटका निकास दिन ओली मात्र सक्षम रहेको बताए ।