०७ साउन २०८३, बिहीबार

पूर्वमाओवादी खेमाका तीन प्रभावशाली नेता ओली क्याम्पमा

पूर्वमाओवादी खेमाका तीन प्रभावशाली नेता ओली क्याम्पमा

नेकपाभित्र पूर्वमाओवादी खेमाका तीन प्रभावशाली नेताहरू प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली समूहको बैठकमा सहभागी भएका छन् ।

पूर्वमाओवादी पृष्ठभूमिका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा ओलीपक्षीय केन्द्रीय सदस्यहरूको बैठकमा सहभागी भएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका भट्टले हिजो ओलीपक्षीय पूर्वसांसदको भेलालाई सम्बोधन गरेका थिए ।

आज केन्द्रीय सदस्यहरूको भेलालाई रायमाझीले सम्बोधन गरेका थिए । स्थायी कमिटी सदस्य थापा पनि मंगलवारको बैठकमा सहभागी छन् ।

पूर्वमाओवादी खेमाका स्थायी कमिटी सदस्यहरू मंगलवारको भेलामा मञ्चमा बसेका छन् । रायमाझी सुवास नेम्वाङसँग अघिल्लो रोमै बसेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्