२१ जेठ २०८३, बिहीबार

पार्टीको आधिकारिक विचार प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्षले मलाई दिनुभयो– प्रदीप ज्ञवाली

पार्टीको आधिकारिक विचार प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्षले मलाई दिनुभयो– प्रदीप ज्ञवाली
फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको ओली पक्षीय केन्द्रीय सदस्यको बैठकले ज्ञवालीलाई प्रवक्ता बनाउने निर्णय गरेको थियो ।

नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । 

‘पार्टी प्रवक्ताको काम आधिकारिक विचार सम्प्रेषण गर्ने हो, व्यक्तिगत विचार प्रस्तुत गर्ने होइन, आधिकारीक विचार प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्षले मलाई दिनुभएको हो,’ प्रवक्ताको जिम्मेवारी पाएका ज्ञवालीले भने । 

प्रवक्ता ज्ञवालीले नेकपा विभाजन नभएको बताए । 

उनले अध्यक्ष, महासचिव र माइन्युटविनाको बैठकको वैधानिकता नहुने भन्दै प्रचण्ड–नेपाल समूहले ओलीमाथि गरेको अनुशासनको कारवाहीको औचित्य नभएको बताए ।

ओलीपक्षीय केन्द्रीय सदस्यको भेलाले आगामी २०७८ मंसिर २ गतेदेखि पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्