२९ जेठ २०८३, शुक्रबार

नाइट क्लबमा प्रहरीको छापा, बादशाह र गरु रन्धावाको भागाभाग

पुस ७, २०७७
नाइट क्लबमा प्रहरीको छापा, बादशाह र गरु रन्धावाको भागाभाग

कोरोना महामारीको नियम उल्लंघन गर्दै बलिउड सेलिब्रेटीहरु पार्टी आयोजना गर्दै आएको पाइएको छ । रात करिब तीन बजेतिर मुम्बई प्रहरीले एक ठूलो क्लब ड्रयागन फ्लाइमा छापा मारेको छ ।

सुत्रअनुसार त्यहाँ ठूलो पार्टी चलिरहेको र बलिउड स्टारहरुको सहभागीता रहेको थियो । प्रहरीको छापा परेपछि केही सेलिब्रेटीहरु पछाडिको ढोकाबाट भागेका थिए । 

केही हाइप्रोफाइल सेलिब्रेटीलाई हिरासतमा समेत लिएको छ । खबरअनुसार कैयौं कलाकार पनि उपस्थित थिए ।

पार्टीमा सहभागी सेलिब्रेटीविरुद्ध मुम्बई प्रहरीले कोरोना भाइरसविरुद्धको नियम उल्लंघन गरेको भन्दै उजुरी दर्ता गरेको छ । 

प्रहरीका अनुसार छापा हान्ने समयमा गायक गुरु रन्धावा, सुजैन खान र र्यापर बादशाह पनि त्यहाँ थिए । यी सबै प्रहरी आएपछि पछाडिको ढोकाबाट भागेका थिए । 

प्रहरीले ३४ जनालाई हिरासतमा लिएको छ । सुत्रअनुसार त्यस समयमा क्रिकेटर सुरेश रैना पनि त्यहाँ थिए । उनीविरुद्ध पनि कोरोना नियम उल्लंघनको केस दर्ता भएको छ ।

मुम्बईमा अहिले नाइट क्लब सञ्चानमा रोक लगाइएको छ । पार्टीमा १९ जना दिल्ली र पञ्जावबाट आएको प्रहरीले जनाएको छ ।

साथै साउथ इण्डियन सेलिब्रेटीको पनि सहभागिता रहेको मुम्बई प्रहरीले जनाएको छ । २७ जना सहभागी र ७ कर्मचारीविरुद्ध केस दर्ता गरिएको छ । 

अहिले हिरासतमा लिइएकाहरुलाई एक नोटिस लिएर छाडिएको छ । बिहान सात बजे नै प्रहरीले उनीहरुलाई छाडेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्