०८ साउन २०८३, शुक्रबार

यूएईले सबै नागरिक तथा निवासीलाई कोभिडविरुद्ध सित्तैमा चिनियाँ खोप दिने

पुस ७, २०७७
यूएईले सबै नागरिक तथा निवासीलाई कोभिडविरुद्ध सित्तैमा चिनियाँ खोप दिने

संयुक्त अरब अमिरातले कोरोनाभाइरसविरुद्ध देशलाई सुरक्षित पार्नका लागि सबै नागरिक तथा निवासीलाई सित्तैमा खोप उपलब्ध गराउने भएको छ ।

चीनको सिनोफार्म कम्पनीले बनाएको र अमिराती अधिकारीहरूले उपयोगका लागि दर्ता गराइसकेको खोप यसै महिनादेखि सार्वजनिक तथा निजी क्लिनिकहरूमा अनि सातैवटा अमिरातहरूका फील्ड हस्पिटलमा उपलब्ध गराइनेछ । 

अन्य मुलुकहरूले उमेर र जोखिमको आधारमा खोप लगाइरहेको भए पनि यूएईले अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीलाई सेप्टेम्बर महिनादेखि नै खोप लगाउन थालेको थियो । अहिले उसले आफ्ना १० लाखभन्दा बढी नागरिक र ८० लाखभन्दा बढी आप्रवासी वयस्क कामदारलाई खोप लगाउने भएको हो । 

देशको पर्यटकीय तथा व्यापारिक केन्द्र दुबईमा खोप लगाउनका लागि एउटा मात्र सार्वजनिक स्थान छ । एउटा थिम पार्कको कम्प्लेक्समा अस्थायी फील्ड अस्पताल बनाइएको छ । 

गत साता दिनको १२ सय कार प्रवेश गर्न दिएको सुरक्षा गार्डहरूले बताएका छन् । तीमध्ये केहीले भित्र पस्नका लागि घन्टौं लाइन लाग्नुपरेको थियो । 

उक्त फील्ड हस्पिटलमा सरकारी स्वास्थ्यकर्मीहरूले पहिला आउने पहिले सेवा दिने तरिका अपनाउँदै दिनको हजारभन्दा बढी डोज दिएका छन् । कोरोनाको कडा लक्षणको जोखिम रहेकाहरूलाई खोपमा प्राथमिकता दिइएको छ । 
 

अबु धाबी र अन्य अमिरातहरूमा सरकारी स्वास्थ्य केन्द्र तथा निजी अस्पताल र क्लिनिकहरूले खोप उपलब्ध गराएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्