१९ असार २०८३, शुक्रबार

नेकपाका ४४१ मध्ये ३१० केन्द्रीय सदस्य बैठकमा उपस्थित भएको प्रचण्ड–नेपाल पक्षको दावी

नेकपाका ४४१ मध्ये ३१० केन्द्रीय सदस्य बैठकमा उपस्थित भएको प्रचण्ड–नेपाल पक्षको दावी

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मंगलवारको केन्द्रीय कमिटी बैठकमा ३१० केन्द्रीय सदस्य उपस्थित भएको दावी गरेको छ ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बसेको बैठकमा ३१० जना केन्द्रीय सदस्य उपस्थित भएका नेताहरूले दावी गरेका छन् । 

केन्द्रीय समिति सदस्यहरूको भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरूको बैठक आधिकारिक भएको बताए । उनले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान भएको बैठक केही सदस्यहरूको भेला भएको जिकीर गरे ।  

प्रचण्ड–नेपाल समूहको भेलाले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही लगायत एजेण्डा तय गरेको छ । यसअघि दुवै पक्षको सहमतिमा पुस १० गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएकोमा प्रतिनिधिसभा विघटनपछि हतारमा मंगलवारका लागि बैठक बोलाइएको थियो । 

मंगलवार बिहान बालुवाटारमा ओली पक्षका केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो । बैठकले केन्द्रीय कमिटीलाई १ हजार १९९ सदस्यीय बनाउने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्