२९ असार २०८३, सोमबार

प्रचण्डको विश्वास : वामदेव उता जानुभएको छैन, यता आउने पूरै सम्भावना छ

प्रचण्डको विश्वास : वामदेव उता जानुभएको छैन, यता आउने पूरै सम्भावना छ

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतम आफूहरूसँग आउने विश्वास गरेका छन् । 

काठमाडौंको बबरमहलमा मंगलवार आफूपक्षीय केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौतम आफूहरूसँग आउने विश्वास व्यक्त गरे । 

‘वामदेव गौतम छिट्टै बैठकमा सहभागी हुने विश्वास छ । भावनात्मक रूपमा पनि मैले भरोसा गरेको नेताभित्र पर्नुहुन्छ । साह्रै नजिक भएकाले कहिलेकाहीँ घोचपेच हुन्छ,’ प्रचण्डले भने, ‘उता जानुभएको छैन, यता आउने पूरै सम्भावना छ ।’

उपाध्यक्ष गौतमले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै कुनै गुटको भेलामा नलाग्ने बताउँदै आएका छन् । उनी मंगलवार कुनै पनि गुटको भेलामा सहभागी भएका थिएनन् ।   

salt training

कमेन्ट गर्नुहोस्