
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा सात सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ।
गत २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयको अनुसार नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ८४ हजार १ सय ८१ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ।
आज देशभर ७ हजार ७ सय २९ जना आइसोलेसनमा र ४ सय १३ जना क्वारेन्टाइनमा छन्।
मंगलवार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट १ हजार ७ सय ९८ जनाको मृत्यु भएको छ।