२६ असार २०८३, शुक्रबार

गुणकारी अलैँची सेवनका सात अचुक फाइदा

गुणकारी अलैँची सेवनका सात अचुक फाइदा

अलैँची अर्थात वासनाको खजाना ।  हरेक घरको किचेनमा मसालाका रुपमा प्रयोग हुने सानो अलैँची स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अलैंचीको सेवन कैयौं रुपमा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । 
तर, कस्तो फाइदा हुन्छ भन्ने कुरामा धेरैलाई जानकारी नहुन पनि सक्छ । आज हामी अलैँची कतिबेला खाने र यसबाट कति प्रकारका फाइदा हुन्छन् भन्नेबारे विस्तारमा बताउँदैछाैँ । 

१. श्वास गन्हाउने समस्याबाट मुक्ति 

अलैँचीले स्वाद बढाउनुका साथै माउथ फ्रेसरका रपमा पनि काम गर्दछ ।

यसको सेवनले मुखबाट श्वास गन्हाउने समस्याबाट मुक्ति दिलाउँछ ।

यदि तपाइँको श्वास गन्हाउँछ भने अलैँची आफ्नो साथमा राखिराख्नुहोस् । 

२. कब्जीयतबाट राहत 

कब्जीयत अर्थात बिरामीलाई निम्तो । यसकारण हर कोही कोशिस गर्दछन् कि कब्जीयतको समस्या नहोस् । 

यदि तपाइँलाई कब्जीयत छ भने अलैँचीको सेवन गर्नुहोस् या पकाएर तयार गरिएको पानी पिउनुहोस् ।

यसले निकै निकै राहत दिनेछ । पाचन प्रक्रियामा समस्या भए पनि अलैँचीले ठिक गर्दछ । 

३. वान्ता हुने समस्याबाट राहत
 

के तपाइँलाई थोरै दूरी यात्रा गर्नेबित्तिकै वान्ता हुने समस्या छ ? यदि यस्तो हो भने, यात्रा शुरु गर्नुअघि अलैँचीको सेवन गर्नुहोस् ।

तपाइँलाई यो समस्याबाट मुक्ति मिल्नेछ । यदि यात्राका दौरान वान्ता हुने समस्या छ भने अलैँची मुखमा राखिराख्नुहोस् । 

४. एसिडिटीबाट राहत 

सायद तपाइँलाई जानकारी छैन होला अलैँचीमा तेल पनि हुन्छ । अलैँचीमा हुने इसेन्शियल तेलले पेटमा भित्री लाइनिङलाई मजबुत बनाउँछ । 

एसिडिटीको समस्यामा पेटमा एसिड जम्मा हुन्छ । अलैँचीको सेवनले विस्तारै यो हट्दै जान्छ । 

५. अस्थमामा मद्दतगार 

अलैँची श्वासको बिरामीका लागि निकै फाइदाजनक हुन्छ । किनकी अलैँचीको तासिर गर्मी हुन्छ । 

त्यसैले चिसोमा दिनमा एक या दुईपटक अलैँची सेवन गर्नुहोस् । यसलाई चपाएर खाँदा अझै उपयुक्त मानिन्छ । 

६. तौल घटाउन सहयोगी 

मोटोपनको समस्या छ भने पनि आफ्नो डाइटमा अलैँची अनिवार्य रुपमा मिलाउने गर्नुहोस् । 

अलैंचीमा रहेको पोषक तत्वले तिव्र गतिमा तौल घटाउन मद्दत गर्दछ । 

७ तनावबाट मुक्ति 

यदि तपाइँ सँधै तनावमा रहने हुनुहुन्छ भने तपाइँका लागि अलैँची नै गुणकारी हुनेछ । 

कैयौंपटक तपाइँ एक्लो हुनुहुन्छ र तनावका बीच रहिरहनुभएको छ भने, अलैँची मुखमा राखेर चपाउने गर्नुहोस् ।

यसले तपाइँको हार्मोनमा तत्काल बदवाव ल्याउँछ । र तपाइँलाई फ्रेस बनाउन निकै महत्वपूर्ण भूमिका निभाउँछ । 

salt training

कमेन्ट गर्नुहोस्