
नेकपाका ४४१ सदस्यीय केन्द्रीय समितिका सदस्यमध्ये आजको बैठकमा ३१५ जनाको सहभागिता रहेको प्रचण्ड–माधव नेपाल समूहले दावी गरेको छ ।
केन्द्रीय समितिको बिहीबार बस्ने बैठकमा वर्तमान वस्तुस्थितिबारे अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति बनाइने जानकारी दिइएको छ ।
उक्त समूहले बुधबार आफ्नो समूहको विघटित प्रतिनिधिसभामा रहेका सदस्यको बैठक राखेको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी सञ्चालनमा देखिएका समस्या र पछिल्लो समय संसद् विघटन भएको घटनासम्मको अवस्थाको विश्लेषण गरी सही र गलत छुट्याएर एकताबद्ध हुन पार्टी पङ्तिलाई आह्वान गरे ।