२५ असार २०८३, बिहीबार

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै परेका रिटमाथि सर्वोच्चमा सुनुवाइ शुरू

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै परेका रिटमाथि सर्वोच्चमा सुनुवाइ शुरू

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासमा प्रतिनिधिसभा विघटन सम्बन्धी विभिन्न रिटको सुनुवाइ शुरू भएको हो ।

प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको दावीसहित सोमवार र मंगलवार सर्वोच्चमा रिट परेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी २०७८ वैशाखमा चुनावको मिति घोषणा गरेकी थिइन् ।

नेकपाका निवर्तमान सांसद देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाक्री र शशी श्रेष्ठ लगायतले पनि सर्वोच्चमा छुट्टै रिट दर्ता गरेका छन् ।  

नेपाल बार एशोसिएशनको हलबाट सुनुवाइ हेर्न सकिने व्यवस्था गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्