१९ असार २०८३, शुक्रबार

बानेश्वरमा शुरू भयो प्रचण्ड–नेपाल समूहका सांसदको भेला

बानेश्वरमा शुरू भयो प्रचण्ड–नेपाल समूहका सांसदको भेला

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका सांसदहरूको भेला बानेश्वरमा शुरू भएको छ । संसद् भवनको ल्होत्से हलमा विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदको भेला शुरू भएको हो । 

प्रचण्ड–नेपाल समूहले सोमवार सांसदको भेला गरी प्रतिनिधि सभा विघटनलाई अस्वीकार गर्दै संसद्को बैठक बोलाउन माग गरेको थियो ।

सोमवारको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सांसदहरू जिवितै रहेकोले बलियो आत्मबलसहित पुनःस्थापना अभियानमा लाग्नुपर्ने बताएका थिए । 

प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेको प्रचण्ड–नेपाल समूहको सोमवारको भेलाले कानूनी उपचारमा जाने निर्णय गरेको थियो । सोहीअनुसार प्रचण्ड–नेपाल समूहले मंगलवार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । 
प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यहरूको मंगलवारको बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गर्ने निर्णय गरेको थियो ।

आजको भेलामा सांसदहरूले आफ्नो धारणा राख्ने नेता देव गुरुङले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्