१० साउन २०८३, आइतबार

कर्णाटक र महाराष्ट्रमा रात्रीकालीन कर्फ्यु

पुस ८, २०७७
कर्णाटक र महाराष्ट्रमा रात्रीकालीन कर्फ्यु

बेलायतमा तिव्र गतिमा फैलिएको कोरोना भाइरसको नयाँ स्ट्रेनका कारण कैयौं देशले सर्तकता अपनाएका छन् । धेरै क्षेत्रमा पुनः लकडाउन गरिएको छ । 

यस्तै भारतमा पनि बुधबारदेखि दुई राज्यमा रात्रीकालीन कर्फ्यु लगाइएको छ । भारतको महाराष्ट्र र कर्णाटक सरकारले आजदेखि जनवरी २, २०२१ सम्मका लागि कर्फ्यु लगाएका छन् । 

कोरोनाको बढ्दो केसलाई हेरेर राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी गरिएको हो । अन्तर्राष्ट्रिय यात्रीलाई पनि निगरानीमा राखिएको छ ।

रात्रीकालीन कर्फ्यु महाराष्ट्रमा पनि लगाइएको छ । भारतमा संक्रमणको दर निकै घटे पनि नयाँ स्ट्रेनका कारण भारतमा सतर्कता अपनाइएको हो । 

याे भाइरसकाे संक्रमण दर पहिलेकाे भन्दा ७० प्रतिशत बढी हुने चिकित्सकले बताएका छन् । अहिले सबै प्रकारका उमेरका मानिसलाई यो भाइरसको संक्रमण तिव्र रुपमा बढीरहेको छ । 

बेलायतमा कोरोना भाइरसको दोस्रो रुप देखिएको छ । महाराष्ट्र र कर्णाटकमा नयाँ स्ट्रेनबाट बच्नका लागि कर्फ्यु जारी गरिएको हो । 

सोमबार मात्रै ब्रिटेनबाट भारतमा आएको जहाजमा आएका सात यात्रुमा नयाँ स्ट्रेनको कोरोना भाइरसको लक्षण देखिएको बताइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्