२६ असार २०८३, शुक्रबार

मोटोपनदेखि त्रसित थिइन् टिकटक स्टार, अधिक दुब्लोपनले गयाे ज्यान

पुस १४, २०७७
मोटोपनदेखि त्रसित थिइन् टिकटक स्टार, अधिक दुब्लोपनले गयाे ज्यान

जर्मनीकी २४ वर्षीया महिलाको एनोरेस्किया नामको मानसिक समस्यासँग लड्दालड्दै मृत्यु भएको छ । 

जेसी मारिया आफ्नी साथीको साथमा ग्रेन केनेरियामा छुट्टी मनाउन गएकी थिइन् । त्यही उनको मुटु फेल भएर मृत्यु भएको हो । 

जेसीले मर्नुभन्दा पहिले मानसिक बिरामीका कारण आफ्नो जीन्दगी गुमाउन नचाहेको बताएकी थिइन् ।

जेसिले भनेकी थिइन्, ‘एनोरेक्सियाबाट १० मेमा एक जनाको मृत्यु भएको तर, म उजस्तै बन्न चाहान्न ।’ 
 

जेसी इन्स्टाग्राममा निकै लोकप्रिय थिइन् । उनको इन्स्टामा एक लाख भन्दा पनि बढी फलोअर्स थिए । 

उनी प्राय आफ्नो निकै कसिलो बडीका साथ फोटो शेयर गर्ने गर्दथिइन् । उनले केही समयअघि मात्रै आफ्नो एक तस्वीर शेयर गर्दै आफू एनोरेक्सियासँग लडिरहेको बताएकी थिइन् । 

उनले आफ्नो पोस्टमा अघि भनेकी थिइन्, ‘म यो तस्वीर यसकारण पोस्ट गरिरहेकी छु कि । म सबैलाई भन्न चाहन्छु । एनोरेक्सियासँग लगातार संघर्ष गरिरहेकी छु । र मेरो संघर्ष पछिल्लो केही वर्षदेखि चलिआएको छ ।’

उनलाई एक गम्भीर मानसिक समस्या थियो । जसमा मानिस आफ्नो खानालाई निकै हदसम्म सीमाभित्र राखिदिन्छ । 

किनकी बिरामी आफू मोटो हुने भ्रममा निकै चिन्तित रहन्छ । कैयौं यस्ता मानिसहरु पनि हुन्छन् जो यस डरबाट बच्नका लागि धेरै एक्सरसाइज पनि गर्दछन् । 

यदि यो रोगको समयमै समाधान गरिएन भने मानिस डिप्रेसन र दुब्लोपनको शिकार हुनसक्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्