
अमेरिकामा गएको एक सातामा कोरोना भाइरसले प्रत्येक ३३ सेकेन्डमा एकजनाको कोरोनाबाट मृत्यु भएको अधिकारीहरुले बताएका छन् । ७ दिनभित्रै कोरोनाका कारण अमेरिकामा १८ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।
स्वास्थ अधिकारीहरुले नयाँ वर्षको पूर्व सन्ध्यामा भ्रमण नगर्न अपिल गरेपनि यो लागु भएको छैन । शुक्रबार, शनिबार र आइतबार अमेरिकाका विमान स्थलहरुमा ३२ लाखभन्दा धेरै मानिसहरुको चेकजाँच गरिएको छ । नयाँ वर्षको विदाका क्रममा यात्रा गर्नेहरुका कारण कोरोना भाइरसको संक्रमण र अस्पतालहरुमा बिरामीको संख्या बढ्ने चिन्ता स्वास्थ अधिकारीहरुलाई छ ।
अमेरिकामा कोरोना भाइरसविरुद्धको खोपले प्रयोगको अनुुमति पाइसकेको छ । यद्यपी, तिव्र रुपमा बढेका संक्रमणको घटनाका कारण थप संकट खडा हुनसक्ने अनुमान पनि गरिएको छ । गत हप्ता क्यार्लिफोनिया, रोड आइल्यान्ड, टेनेस्सीलगायत राज्यमा प्रति व्यक्ति संक्रमण दर बढेको छ । अमेरिकाका ५० राज्यमध्ये ३१ राज्यमा संक्रमितको संख्या १० प्रतिशत वा त्यसभन्दा बढी छ ।