०३ साउन २०८३, आइतबार

ओलीको प्रश्न– प्रचण्डले मलाई यो पार्टीबाट निकाल्ने कुरा पाहुनाले घरबेटीलाई निकलेजस्तो भएन ?

ओलीको प्रश्न– प्रचण्डले मलाई यो पार्टीबाट निकाल्ने कुरा पाहुनाले घरबेटीलाई निकलेजस्तो भएन ?

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय चार्ली च्याप्लिनको जोक जस्तो भएको टिप्पणी गरेका छन् । बैंक्वेटमा भेला गरेर आफूलाई निकाल्दैमा जनताको मनबाट निकाल्न नसक्ने ओलीको भनाइ थियो ।

‘तपाईंलाई हाँसो लाग्दैन ? प्रचण्डले मलाई यो पार्टीको सदस्यबाट निस्कासन गर्ने ! चार्ली च्याप्लिनको जोक भन्दा माथिल्लो हैसियतको लाग्दैन । प्रचण्ड भन्दा कम्तिमा एक दशक अगाडि राजनीतिमा लागेका हुँ । एकदशक अगाडिको पार्टी सदस्यता लिएको होला,’ बुधवार बेलुका एक टेलिभिजन अन्तवार्तामा ओलीले भने, ‘अहिलेको लेफ्ट आन्दोलनको यो हैसियत कसको अगुवाइले भएको हो ? जसले पाहुनालाई बास बस्न दियो, उसले घरबेटीलाई निकालेजस्तो भएन र ? ’

प्रधानमन्त्री ओलीले प्रचण्ड, माधव नेपाल भष्मासुर भएर निस्किएको आरोप लगाए । ‘म त अहिले पनि भनिरहेको छु, गलत क्रियाकलाप छाड्नुस्, तृतीय अध्यक्ष बन्नुस् भनेको थिएँ । फ्याट्ट हुन्न भनिदिनुभयो । अहिले द्वितीय अध्यक्ष हुनुभयो,’ ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्