०३ असार २०८३, बुधबार

प्रहरीलाई आर्थिक प्रलोभन देखाउने चालक पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभन देखाउने चालक पक्राउ

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने गाडी चालकलाई पक्राउ गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको कमाण्डमा खटिइ गएको टोलीले आज भेरीगङ्गा नगरपालिका– १३ सुर्खेत भेरीपुलस्थित सडकखण्डमा सवारी जाँच क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारवाही गर्न खोज्दा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर नगद रकम दिन खोजेकाले उनीहरुलाई पक्राउ गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्