१० साउन २०८३, आइतबार

प्रचण्डको कार्यकर्ता भएपछि पूर्वएमालेको सम्पत्तिमा माधव नेपालले दावी गर्न मिल्दैन– केपी ओली

प्रचण्डको कार्यकर्ता भएपछि पूर्वएमालेको सम्पत्तिमा माधव नेपालले दावी गर्न मिल्दैन– केपी ओली

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव नेपालले दावी गर्न नमिल्ने बताएका छन् । प्रचण्डको कार्यकर्ता भएपछि प्रचण्डकै सम्पत्तिमा रमाउन ओलीले नेपाललाई सुझाव दिए । प्रचण्डको पेरिसडाँडाको कार्यालयमा आफूले दावी नगर्ने र नेकपाको कार्यालयमा पनि दावी नगर्न आग्रह गरे ।

‘प्रचण्डजी र मैले एकता गरेका थियौँ, प्रचण्डजी र म मिलेनौँ । प्रचण्डजी आफ्नो पार्टीमा केही साथीहरु लिएर जानुभयो । विभाजन भएको माधव नेपाल र मेरो होइन, झलनाथ र मेरो होइन, नारायणकाजीसँग त हुने कुरै भएन । विभाजन भएको प्रचण्डजीसँग हो’ बुधवार योहो टिभीलाई अन्तवार्ता दिँदै ओलीले भने, ‘प्रचण्डसँग रहेको सम्पत्ति लिएर जानुस् । माधवजी प्रचण्डसँग गइसक्नु भयो । हिजो चुनाव जितेको अध्यक्ष भए दावी गर्न सक्नु हुन्थ्यो, अध्यक्ष जित्नु भएको त होइन नि । प्रचण्डजीको कार्यकर्ताले प्रचण्डजीकै श्री सम्पत्तिमा रमाउन सिक्नु पर्यो नि, त्यही घरमा रमाउनुस् ।’

प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म पार्टी फुटेको भनेर नबुझेको बताए । ‘हिजो प्रवक्ता परिवर्तन गरें, प्रवक्ताका सधैंका अभिव्यक्ति पार्टी नीति अनुसार भएनन् त्यसबाहेक अरु निर्णय भएको छैन’ ओलीले भने ।  

salt training

कमेन्ट गर्नुहोस्