२३ असार २०८३, मंगलबार

२८७ जना आफ्नो पक्षमा रहेको प्रचण्ड–नेपाल पक्षको दावी

२८७ जना आफ्नो पक्षमा रहेको प्रचण्ड–नेपाल पक्षको दावी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
     
सो समूहका तर्फबाट पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको हस्ताक्षरसहित पुस ७ गतेको केन्द्रीय समितिको निर्णय आयोगको जानकारी तथा आवश्यक कारवाहीका लागि भनी आयोगमा पत्र दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
 
उक्त समूहले ४४१ सदस्यीय नेकपाको केन्द्रीय कमिटीमध्ये २८७ जना आफ्नो पक्षमा रहेको जिकिर र्दै आधिकारिकता आफ्नो पक्षले पाउनुपर्छ भन्ने माग गरेको छ । उक्त पत्र दर्ता गराउन पार्टी नेता सुरेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आयोग गएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्