२५ असार २०८३, बिहीबार

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा बाक्लो हुस्सु

पुस ९, २०७७
पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा बाक्लो हुस्सु
प्रतिकात्मक तस्वीर

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौं उपत्यका लगायतमा हुस्सु लागेको छ । 

पश्चिमी वायुको प्रभावले अझै १–२ दिन काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान हुस्सु लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताए ।

‘मध्याह्नपछि हुस्सु क्रमशः घटेर घाम लाग्नेछ,’ मानन्धरले भने । 

हाल गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने बताइएको छ । 

मौसमपूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस छ । बिहीवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ४ डिग्री र सबैभन्दा धेरै रुपन्देही, भैरहवाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस छ ।

salt training

कमेन्ट गर्नुहोस्