२४ असार २०८३, बुधबार

‘फेक आईडी’ बनाएर महिलालाई अश्लिल सन्देश पठाउने २ जना पक्राउ

‘फेक आईडी’ बनाएर महिलालाई अश्लिल सन्देश पठाउने २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

सामाजिक सञ्जालमा ‘फेक आईडी’ बनाएर महिलाहरूलाई अश्लिल सन्देश पठाउने २ जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

मकवानपुर घर भई थाइल्यान्ड बस्ने एक महिलाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा राखेर ‘ब्ल्याक मेलिङ’ गरेको अभियोगमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ का ३६ वर्षीय अस्लम अन्सारीलाई पक्राउ गरेको छ ।

फेक आईडी बनाएरै आफन्त र साथीहरूलाई यौनजन्य अश्लिल सन्देश पठाउने गोरखाको सुलिकोट गाउँपालिका–५ बारपाक घर भई ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने २० वर्षीय रोलकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता नविन्द अर्यालले जानकारी दिए ।


 

salt training

कमेन्ट गर्नुहोस्