
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरूको बैठक बालुवाटारमा शुरू भएको छ ।
मंगलवार शुरू केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा सचिवालय सदस्य रामबहादुर थापा पनि सहभागी भएका छन् ।
बादलको उपस्थितिमा केन्द्रीय समितिको बैठक शुरू भएको केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।
बिहीवारको बैठकले केही पदाधिकारी नियुक्त गर्ने सम्भावना रहेको अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बादलसहित पूर्व माओवादीका नेता टोपबहादुर रायमाझी मञ्चमा बसेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको बैठक पनि बबरमहलमा शुरू भएको छ ।
बालुवाटारमा नेकपा ओली पक्षको केन्द्रीय कमिटी बैठकका तस्वीरहरू –


