०५ असार २०८३, शुक्रबार

आगो ताप्दा जलेर १ महिलाको मृत्यु

आगो ताप्दा जलेर १ महिलाको मृत्यु
प्रतिकात्मक तस्वीर

कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर १ महिलाको मृत्यु भएको छ । 

जिल्लाको पुनर्वास नगरपालिका–६ प्रतिभानगर, टाउनमा घरमा आगो ताप्ने क्रममा ३५ वर्षीया गीता थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । 

आगोमा परेर गम्भीर घाइते भएकी थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्