१९ असार २०८३, शुक्रबार

उत्तर कोरियामा एकवर्षदेखि कैद छन् एक अमेरिकी विद्यार्थी

कात्तिक २०, २०७४
उत्तर कोरियामा एकवर्षदेखि कैद छन् एक अमेरिकी विद्यार्थी
काठमाडौं, १० पुस – एकवर्ष अघिदेखि उत्तर कोरियाको कारागारमा रहेका ओट्टो वार्मबियरको मुद्दामा कुनै प्रगति भएको छैन ।


भर्जिनिया विश्वविद्यालयमा पढ्दैगरेका वार्मबियरलाई प्योङयाङस्थित एक होटेलबाट प्रोपागान्डाको ब्यानर चोर्ने कोशिश गरेको आरोपमा गत मार्च महिनामा १५ वर्षको श्रमयुक्त कारावासको सजाय सुनाइएको थियो ।

उनलाई गत वर्षको जनवरी २ तारिखमा देश छोड्न लागेको बेलामा पक्राउ गरिएको थियो ।

आफूले चिनेको एक मान्छेले चर्चमा ब्यानर झुण्ड्याउन खोजेको उक्त ब्यानर चोरेको उनले अदालतलाई बताए ।
उत्तर कोरियाको नेतृत्वका विरुद्ध सूचना जम्मा गरेको अभियोग पनि उनलाई लगाइएको छ ।

अमेरिकाले उनीविरुद्ध दिइएको सजायको भर्त्सना गर्दै राजनीतिक मोहराका रूपमा अमेरिकीहरूलाई थुन्ने गरिएको आरोप लगाएको छ ।

गत अप्रिलमा उत्तर कोरियाका विदेशमन्त्री री सु योङले आफ्नो देशमा द्वन्द्व जन्माउनका लागि अमेरिकाले वार्मबियरको उपयोग गरेको आरोप लगाएका थिए ।

अमेरिकाको स्टेट डिपार्टमेन्टकी प्रवक्ता जुली मेसनले वार्मबियर फौजदारी प्रक्रियामा गइसकेकाले उत्तर कोरियाले उनलाई विशेष क्षमादान दिएर मानवीय आधारमा तत्काल रिहा गर्नुपर्ने आह्वान गरिन् ।

द डेली मेल


salt training

कमेन्ट गर्नुहोस्