०८ साउन २०८३, शुक्रबार

प्रचण्ड–नेपाललाई ओलीको चेतावनी : सम्हालिएर आउनुहोस्, नत्र कारवाही गर्छाैं

प्रचण्ड–नेपाललाई ओलीको चेतावनी : सम्हालिएर आउनुहोस्, नत्र कारवाही गर्छाैं

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफूमाथि गरिएको कारवाही हाँस्यास्पद भएको बताएका छन् ।

आफूमाथि गरिएको कारवाही चेस खेल्दा हात्ती र उँट खाए भनेजस्तै भएको ओलीको भनाई थियो । 

आफूपक्षीय केन्द्रीय समिति सदस्यको बैठकलाई बिहीवार बालुवाटारमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड–नेपाल समूहले प्रथम अध्यक्षमाथि कारवाही गर्न नसक्ने बताएका हुन् ।

‘प्रथम अध्यक्षलाई कारवाही यो कुन तमासा हो ? चेस खेल्दा हात्ती उँट घोडा खाएँ भनेजस्तै हो,’ ओलीले भने । 

कुनै ब्याङ्क्वेटमा बैठक राखेर आफूमाथि कारवाही गर्नेलाई कारवाही गर्ने हैसियत राख्ने ओलीले बताए । ‘सम्हालिएर आउनुस्, नत्र कारवाही गर्छाैं,’ ओलीले भने । केन्द्रीय समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी छन् । 

salt training

कमेन्ट गर्नुहोस्