०४ साउन २०८३, सोमबार

प्रधानमन्त्री कप २०७७ क्रिकेटको प्रत्यक्ष प्रशारण डिशहोमले गर्ने

प्रधानमन्त्री कप २०७७ क्रिकेटको प्रत्यक्ष प्रशारण डिशहोमले गर्ने

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघद्धारा आयोजीत सगरमाथा सिमेन्ट पीएम कप महिला ९टीद्दण्० २०७७ तथा पीएम कप  पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

यहि डिसेम्बर २६ देखी दाङ, लमहीमा संचालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला (टी२०) २०७७ मा एक विभागीय टोली र ७ प्रादेशीक महिला टोलीहरु सहभागी हुंदै छन् ।

यसैगरि काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा जनवरी २०२१ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।


दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्