
आगामी सोमबारदेखि भारतमा पहिलो स्वचालित मेट्रो ट्रेन सञ्चालनमा आउने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डाद्वारा सोमबार पहिलो स्वचालित मेट्रो ट्रेनको उद्घाटन गर्ने भएका छन् ।
दिल्ली मेट्रो रेल कर्पोरेसनले बिहीबार पहिलो स्वचालित मेट्रो रेल सञ्जालबारे जानकारी दिएको हो ।
कर्पोरेसनका कार्यकारी निर्देशक अनुल दयालले यो रेल ३७ किलोमिटर लामो मेजेन्टा लाइनमा जनकपुरी पश्चिमदेसख बाँटनिकल गार्डेबीच चल्ने जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार यो रेल उद्घाटनसँगै २३ किलोमिटर लामो एयरपोर्ट एक्सप्रेस लाइन यात्रका लागि पनि पूरै तरिकाले नशनल कमन मोबिलिटी कार्ड पनि लञ्च गर्नेछन् ।’
कर्पोरेसनले २५ डिसेम्बर २००२ मा शाहदरा र तीस हजारीबीच आफ्नो पहिलो करिडोर खोलेको थियो । आज दिल्ली मेट्रोको सेवा १८ वर्ष पूरा भएको छ ।
अहिले दिल्ली मेट्रो नेटवर्क २८५ स्टेशनका साथ ३८९ किलोमिटर लाइन विस्तार भएको छ ।
दिल्ली मेट्रोले अब दिल्लीको सीमा पार गर्दै उत्तर प्रदेशको नोयडा र गाजियावद, हरियाणाको गुरुग्राम, फरीदावाद, बहादुरगढ र बल्लभगढसम्म पुगिसकेको छ ।