०८ साउन २०८३, शुक्रबार

फिल्म ‘१२ ओ क्लक’ ८ जनवरीमा रिलिज हुँदै

पुस १०, २०७७
फिल्म ‘१२ ओ क्लक’ ८ जनवरीमा रिलिज हुँदै

फिल्म ‘१२ ओ क्लक’ का निर्माता रामगोपाल बर्माले आफ्नो फिल्म रिलिजको मिति घोषणा गरेका छन् । यस फिल्मलाई ८ जनवरीमा रिजिल गर्ने बताएका हुन्।

यो फिल्ममा मिथुन चक्रवर्ती, मकरन्द देशपाण्डे, दिव्या जगदाले, मानव कौल, अली अजगर, आशीष विद्यार्थी, दलीप ताहिल, प्लोरा सैनी और कृष्ण गौतमको अभिनय छ । 

मनोवैज्ञानिक हरर फिल्म ‘अन्दरका भूत’ ट्यागलाक्ष्नका साथ आउने छ । फिल्मको निर्देशकले यसअघि पनि रात, भूत, फुक र वास्तुशास्त्र जस्ता फिल्म निर्देशन गरेका छन् ।  

आरजीवीले भने, ‘मलाई सँधै लाग्थ्यो कि हरर मनोवैज्ञानिक स्तरमा अधिक काम गर्दछ । किनकी मानिस आफ्नो कल्पनाशक्तिबाट उत्तेजित भएपछि त्रसित हुन्छन् ।’

हरर शैली आफूलाई सँधै उत्साहित गर्ने उनको भनाइ छ । यो फिल्ममा पनि कैयौं त्रसित पार्ने खालका सीनहरु राखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्