१७ असार २०८३, बुधबार

जनतालाई झूटा सूचनाबाट यसरी जोगाउँदैछ चीन

पुस १०, २०७७
जनतालाई झूटा सूचनाबाट यसरी जोगाउँदैछ चीन

चीनको विशाल पर्खाल संसारका सात आश्चर्यमध्ये एक हो । मंगोल अतिक्रमणकारीहरूलाई रोक्नका लागि उक्त भव्य पर्खाल बनाइएको हो । 

चीनमा अर्को पनि एउटा विशाल पर्खाल छ र त्यसले अवाञ्छित तत्त्वहरूलाई बाहिर राख्ने गरेको छ । त्यो हो चीनको ग्रेट फायरवाल । 
 

ग्रेट फायरवाल कानूनी र प्राविधिक अवरोधहरूको शृंखला हो जसमार्फत चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारले सूचना प्रवाहलाई नियन्त्रण गर्ने र देशमा इन्टरनेटलाई नियमन गर्ने काम गर्छ । 

चीनमा ८० करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता छन् र प्रत्येकलाई द ग्रेट फायरवाल नामक सेन्सरशिप प्रणालीले नियन्त्रण गर्ने गरेको छ । 
 

फेसबूक र ट्विटर जस्ता सामाजिक सञ्जाललाई त्यसले ब्लक गरेको छ । विदेशी मिडियाहरूमा पनि त्यसले रोक लगाएको छ । चिनियाँहरूले बाहिरी विश्वको कति कुरा सुन्ने र हेर्ने हो भनी नियन्त्रण गर्न सरकारलाई यसले सहायता गर्छ । 

चीनका विरुद्ध पश्चिमी विश्वले गलत प्रचारबाजी गर्ने गरेकोमा चीन आफैंले पनि पश्चिमविरुद्ध झूटा सूचना फैलाउन थालेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको सूचना नियन्त्रण संयन्त्रको एक ठूलो हिस्साले गलत सूचना, झूटो समाचार र सेन्सरशिपमा जोड दिन्छ । 

यी अभ्यासहरू सूचनाका लगभग सबै स्रोतहरूमा व्याप्त छ । 
 

सिक्स्थ टोन नामक पत्रिकाका पूर्व प्रधानसम्पादक वे सिङले हालै एक लेख लेखेका थिए जसको शीर्षक थियो, ‘माइक पम्पेओका पिता हुनानका डाँका थिए’ । 

ची र बाँकी विश्वको खबरमा रहेको ग्याप भर्नका लागि चीनले यसरी झूटा खबरहरू फैलाउने गरेको छ । 

चिनियाँ कम्युनिस्ट पार्टीले दशकौंदेखि चीनमा शासन चलाइरहेको छ र शक्तिमा उसको एकाधिकार छ । ऊ यस एकाधिकारलाई कायम राख्न चाहन्छ अनि चिनियाँ जनताले सूचनामा खुला पहुँच पाए भने आफूलाई जोखिम आइलाग्छ भन्ने सोच राख्छ । 

सूचनाका सबै स्रोतहरूमा नियन्त्रण गरेर चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई झूटा खबर, प्रचारबाजी र सत्यमा भिन्नता गर्न नसकून् भनी सुनिश्चित गर्ने गरेको छ । 

चीनको सेन्ट्रल प्रोपागान्डा डिपार्टमेन्टका उपनिर्देशक सु लिनले गत नोभेम्बर १९ मा भनेका थिए, ‘चीनका सञ्चारमाध्यमहरू बजारप्रति भन्दा पार्टीप्रति बफादार हुनुपर्छ । जस्तोसुकै मिडिया भए पनि कानून बाहिर उनीहरूको कुनै स्थान रहँदैन, सार्वजनिक विचारका लागि कुनै स्थान रहँदैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्