०२ असार २०८३, मंगलबार

कसरी बन्यो चितुवा गोहीको शिकार ? (भिडियोसहित)

फागुन १४, २०७७
कसरी बन्यो चितुवा गोहीको शिकार ? (भिडियोसहित)

केही दिनयता एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । यो भिडियो निकैले हेर्नुमात्रै होइन, शेयर पनि गरेका छन् । 

भिडियोमा एक १३ फुट ठूलो गोहीले एक चितुवाको गर्धन दबोचेर पानीमा तानिरहेको देखिन्छ । 

सामाजिक सञ्जालमा दक्षिण अफ्रिकाको यो भयानक भिडियो लखौंले हेरिसकेका छन् ।

डेली मेलको रिपोर्टअनुसार भिडियो साउथ अफ्रिकन वाइल्डएयर सफारी गाइड बुसानी मथालीले क्याप्चर गरेका हुन् । 

शिकारी भयो शिकार 

ब्रिटेनका वैज्ञानिक चाल्स डार्विनको सिद्धान्त सर्भावल अफ द फिटेस्टका अनुसार जो सबैभन्दा ताकतवर बन्द त्यही जिवित रहन्छ । 

यो भाइरल भिडियो यो सिद्धान्तलाई पुष्टि गरिरहेको छ । हामी प्राय अन्य जनावरलाई चितुवाले आफ्नो शिकार बनाइरहेको देखिरहेका हुन्छौं । तर, यो भिडियोमा शिकारी आफैं शिकार बनेको देखिन्छ । 

भिडियोमा एक खतरादेखि बेखबर चितुवा तलाउमा पानी खाइरहेको हुन्छ । त्यसैबेला तेज रफ्तारमा पानीबाट निस्केको गोहीले चितुवाको गर्धनमै हमला गर्दछ् ।

चितुवालाई घिसार्दै पानीभित्र लैजान्छ । चिुतवा निकै बेरसम्म छटपटाउँछ तर, गोहीको पञ्जाबाट छुट्न सक्दैन ।

यो सबै देखेर अरु चितुवा केही दुरीमा आउँछन् र पछि त्रासका कारण पछि हट्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्