१५ असार २०८३, सोमबार

परासीमा जसपाले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

पुस १०, २०७७
परासीमा जसपाले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । 

जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले संविधान विपरीत संसद् भंग गरेको भन्दै पुत्ला दहन गरेको हो । 

पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानविपरीत संसद् विघटन गरेर गणतन्त्र र संघीयताको घाँटी निमोठेको भन्दै जसपाका कार्यकर्ताहरू राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला लिएर विरोध प्रदर्शनमा उत्रिएका थिए । 

विरोध कार्यक्रमपछि आयोजित कोण सभामा जसपाका नेताहरूले नेकपाको आन्तरिक झगडाले मुलुक संवैधानिक संकटमा परेकाले संविधान रक्षाका लागि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्