काठमाडौं, २ जेठ –भरतपुर महानगरपालिकाका मेयरमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मतगणना परिणामअनुसार महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ६ सय ८५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहालले भने ५ सय २८ मत पाएकी छिन् । राप्रपाका बद्री तिमिल्सिनाले ३४ मत प्राप्त गरेका छन् ।
कुल १ हजार ४ सय ७५ मत गन्दा यस्तो परिणाम देखिएको हो ।