२६ जेठ २०८३, मंगलबार

बादललाई लक्षित गर्दै प्रचण्डको कटाक्ष : 'यताका लागि तयार परेको भाषण उता गएर गर्नुभएछ'

बादललाई लक्षित गर्दै प्रचण्डको कटाक्ष : 'यताका लागि तयार परेको भाषण उता गएर गर्नुभएछ'
फाइल फोटो

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सचिवालय सदस्य रामबहादुर थापा बादल झुक्किएर अर्को समूहमा पुगेको टिप्पणी गरेका छन् ।

नेकपामा आफूहरूको आधिकारिकता दाबीका लागि निर्वाचन आयोग पुगेर फर्किएपछि बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले बादल झुक्किएर ओलीको खेमामा पुगे पनि पछि फिर्ता हुने दाबी गरे ।

साथै प्रचण्डले बादलले ओली पक्षीय नेकपाको बैठकमा गरेको भाषणप्रति पनि  कटाक्ष गरे । आफूहरूको बैठकमा सहभागी हुन तयार पारेको भाषण उता पुगेर गरेको उनको कटाक्ष थियो ।

'यता आउनका लागि तयार पारेको भाषण उता गएर गर्नुभएछ,' उनले भने, 'झुक्किएर उता पुग्नुभएको होला, यतै आउनुहुन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्