०३ असार २०८३, बुधबार

एक साताभित्र काठमाडौं महानगरपालिकाको अन्तिम मतपरिणाम आउने

कात्तिक २०, २०७४
एक साताभित्र काठमाडौं महानगरपालिकाको अन्तिम मतपरिणाम आउने

काठमाडौं, २ जेठ –काठमाडौं महानगरपालिकाको अन्तिम मतगणना परिणाम एक साताभित्र आउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन मतगणनाको अवलोकन गर्दै निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले मत गणना ढिलो भएका कारण आयोगमाथि दवाव परेको बताउँदै एक साताभित्र मतपरिणाम आउने गरी काम थालिने बताए ।

मंगलबार विहान भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा मतगणना कार्यको अवलोकन गर्दै सचिव मैनालीले भने, ‘मतगणना गर्ने स्थान थप गरी एक साताभित्र परिणाम ल्याउने तयारी भइरहेको छ ।’

सोमबार दिउँसो २ बजेबाट शुरु भएको महानगरको वडा नम्बर १ को मतगणनामा मंगलबार विहान ०९ बजेसम्ममा ७ सय ११ मात्र पुग्यो । यसैवीच विहान ०९ बजेभित्रबाट नै महानगरको वडा नम्बर ३२ को पनि गणना थालिएको छ ।

महानगरको वडा नम्बर १ नक्साल क्षेत्रमा पर्छ भने वडा नम्बर ३२ कोटेश्वर क्षेत्रमा पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्