०४ साउन २०८३, सोमबार

अन्ततः ट्रम्पद्वारा राहत प्याकेजमा हस्ताक्षर

पुस १३, २०७७
अन्ततः ट्रम्पद्वारा राहत प्याकेजमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः कोरोना राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसले आइतबार राहत घोषणा गर्दै ट्रम्पले हस्ताक्षर गरेको जानकारी दिएको छ । 

यससँगै कोरोना प्रभावित अमेरिकी नागरिकलाई सरकारी राहत प्राप्त हुने भएको छ । यसअघि प्याकेजमा रकम कम भएको भन्दै ट्रम्पले हस्ताक्षर गर्नबाट अस्वीकार गरेका थिए ।

त्यसपछि नव निर्वाचित राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्ने गम्भीर परिणाम आउनसक्ने भन्दै चेतावनी दिएका थिए । 

करिब दुई सय बिलियन अमेरिकी डलरको कोरोना राहत प्याकेज अब हस्ताक्षरसँगै प्रभावितका लागि वितरण गर्ने तयारी भएको ह्वाइट हाउसले बताएको छ । 

महिनौंसम्म सिनेटमा भएको छलफलपछि सोमबार प्याकेजमा अनुमति दिइएको थियो । प्रति वर्ष ७५ हजार डलरभन्दा कम आम्दानी भएकालाई ६ सय डलरका दरले राहत दिइनेछ । 

salt training

कमेन्ट गर्नुहोस्