
बलिउड अभिनेत्री सारा अली खान आफ्नो दुई वर्षको करिअर अवधिमा दर्शकमाझ प्रिय बनिसकेकी छन् ।
अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा फिल्म क्षेत्रबाट बाल्यकालदेखि नै परिचित छन् । तर, उनी आफैं स्टारडममा विश्वास भने गर्दिनन् ।
एक अन्तवार्ताका क्रममा उनले भनिन्, ‘मलाई स्टारडमको चाहना छैन । अहिलेसम्म मैले फ्यान शब्दको प्रयोग पनि गरेकी छैन । स्टार शब्दको प्रयोग पनि गरेकी छैन । मलाई यि सबै कुरामा विश्वास छैन । किनकी हरेक हप्तामा यहाँ स्टारहरुको तकदिन बदलिने गर्दछ ।’
साराले आफ्नो बुझाइमा नियत नै वास्तवमा अर्थपूर्ण रहेको बताएकी छन् । ‘मेरो बुझाइमा तपाइँको नियत नै यस्तो चीज हो, जो अर्थपूर्ण हुन्छ । तपाइँको नियत जे हुन्छ, त्यसबाट प्रस्ट हुन्छ कि कहीँ न कहीँ लगाव, चाहना र एक जुनुन् हुन्छ । त्यसैले नै अर्थ राख्छ,’ उनले अघि भनिन् । नियत बाहेक अरु सबै बदलिँदै जाने गरेको उनको भनाइ छ ।
अभिनयको कुरा गर्दा सारा हालै वरुण धवनका साथ फिल्म ‘कुली नम्बर १’ मा देखिँदैछिन् । यसका साथै अक्षयकुमार र धनुषका साथ पनि आनन्द एल रायको फिल्म अतरंगी रे मा देखिँदैछिन् ।