
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नुको विकल्प नभएको बताएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले भने, ‘मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौं ।’
पूर्व मन्त्री भुसालले आगामी वैशाखमा हुने भनिएको चुनाव हुनै नसक्ने जनाउँदै अदालतले जनताको चाहनानुसार फैसला गर्ने विश्वास व्यक्त गरे ।
नेता भुसालले सोमवारै नेकपाले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्नेछन् ।