२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै चितवनमा मसाल जुलुस

प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै चितवनमा मसाल जुलुस

 नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड–माधव समूहका चितवन युवा नेतृत्वले मसाल जुलुस निकालेको छ । मंगलबारको बृहद प्रदर्शनको पूर्वसन्ध्यानमा प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै जुलुस मसाल जुलुस निकालिएको हो ।

भरतपुरको लायन्स चोकदेखि निकालिएको जुलुस सहिद चोकसम्म पुगेको थियो ।

मसाल जुलुसमा नेकपाका युवा नेताहरु आरसी अधिकारी, धर्म कार्की, सन्तोष पनेरुलगायत सयौं संख्याका युवा तथा विद्यार्थी नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

सहभागी नेकपा युवाहरुले केपी ओलीले गरेको संसद विघटनको विरोध गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्