०२ असार २०८३, मंगलबार

प्रतिनिधिसभा विघटन संविधान विपरित : गगन थापा

प्रतिनिधिसभा विघटन संविधान विपरित : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् ।  

प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उनले भने, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन ।”

प्रदेशसभा सदस्य मोहम्मद याकुब अंसारी, बाँके कांग्रेसका अध्यक्ष किरण कोइराला, नगर समिति अध्यक्ष प्रशान्त विष्ट र रमेश गुप्ताले मुलुकको वर्तमान राजनीतिको विविध पक्षमाथि प्रकाश पारे ।

salt training

कमेन्ट गर्नुहोस्