२३ असार २०८३, मंगलबार

देउवासँग फेरि सहकार्य हुनसक्छः प्रचण्ड

देउवासँग फेरि सहकार्य हुनसक्छः प्रचण्ड

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले आगामी दिनमा काँग्रेससँग सहकार्य हुनसक्ने बताएका छन् । विगतमा पनि काँग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्य भएको भन्दै उनले आगामी दिनमा पनि सहकार्य हुनसक्ने बताए ।
सोमबार एक टेलिभिजन अन्तरवार्तामा उनले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको भन्दै त्यसो भएको खण्डमा त्यतिबेला नै सहकार्य हुन सक्ने पनि बताए ।
अन्यथा आगामी चुनावपछि काँग्रेस नै ठूलो पार्टी हुनसक्ने स्वीकार गर्दै प्रचण्डले आफूले नेतृत्व गरेको पार्टी पनि काँग्रेसकै हाराहारीमा पुग्ने भएकाले सहकार्य गर्न जरुरी नै रहेको बताए ।

उनले एकअर्कालाई कारबाहीको अवस्थामा पुगिसकेपछि पार्टी विभाजन भइनै सकेको भन्दै कानुनी रुपमा मात्रै घोषणा  हुन बाँकी रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्